डडेल्धुराः जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले डडेल्धुराको नेतृत्वमा पनि चर्चा सुरु भएको छ।
नेकपा एमालेमा अध्यक्षका लागि २ जनाको नाम चर्चामा आएको छ ।
यही पुस २३ गते हुन गइरहेको एमाले जिल्ला अधिवेशनका लागि २ दुबै जनाले उम्मेदबारी दिने सम्भावना रहेको छ ।



एमाले डडेल्धुराका वर्तमान पार्टिको अध्यक्ष पदमा रहेर प्रकाश साउँदले जिममेवारी समालिरहेका छन् भने साउदले कोरोना महामारीको समयमा आफ् चढने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेर सेवा गरेका थिए । उनी सामाजिक कार्यमा निकै सकिृय रहेको आम नागरिको भनाई रहेको छ ।
अर्का उम्मेदबार हुन अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा । ओझाले पनि कोरोना कहरका बिचमा नगरपालिकाको गाढिलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेका थिए ।
अध्यक्ष साउँद एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी नजिकका नेता मानिन्छन्। अर्का अध्यक्षका दावेदार सदरमुकामको अमरगढी नगरपालिकाका नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य युवा नेता ओझा हुन्। उनले डडेल्धुरा क्यापस डडेल्धुराका पूर्वस्ववियु सभापति तथा एमाले नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
उनी पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नजिकका नेताको रूपमा चिनिन्छन्। यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष युवा नेता शाहीले पनि आप्mनो अध्यक्षमा नै दाबी रहेको बताए।
जिल्लाका ५२ वटालाई युनिट मानेर ५० जना संगठीत सदस्य बराबर तीन प्रतिनिधी छनोट हुनेछ भने एक महिला अनिर्वाय गरेको छ । दलिततर्फ भने ३० जना बराबर ३ जना प्रतिनिधी छनोट हुने छन् । एमाले डडेल्धुराले नगरपालिका तथा गाउँपालिका अधिवेशनहरु यस अगाडी नै सम्पन्न गरिसकेको छ ।
यो पनि पढौं —

























