२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

एकीकृत समाजवादीले राष्ट्रिय सभाका उम्मेदवार टुंग्यायो

आगामी राष्ट्रिय सभा निर्वाचनका लागि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार टुंगो लगाएको छ।
पाँच दलीय सत्तारूढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ।
समाजवादीका उम्मेदवारमा प्रदेश–१ मा जयन्ती राई (महिला) र बागमतीबाट गोमा तिमल्सिना (महिला) छन्। यस्तै, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ। माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ। यसमा सत्तारूढ गठबन्धनले साँझा उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेकपा (एमाले)ले १९ वटै सीटमा उम्मेदवार चयन गरेको छ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पराजित भएका नेताहरूलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।