अत्तरिया – सरकारले भोली देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले तमु ल्होसारको अबसरमा भोलि पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले भोली देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।
२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।



Views: 201


















