डडेल्धुरा
डडेल्धुरामा रहेको लुनिभा बाल सरोकारले डडेल्धुरामा बालअधिकारका लागि काम गर्दै आएको छ । हाल बाल सरोकारले अजयमेरु र गन्यापधुरा गाउपालिकामा काम गर्दै आएको छ ।
बाल सरोकारका बिषयमा निरन्तर काम गर्दै आएको यस संस्थाले शिक्षा क्षेत्रमा सुधार गर्नुका लागि हरेक वडामा शिक्षा अभियानता राखेको तीन वर्ष पुगेको छ । अभियानताले शिक्षा क्षेत्रमा भने निकै सुधार ल्याएको बरिस्ठ कार्यक्रम अधिकृत भुवन विष्टले बताउनु भयो ।
आज डडेल्धुरा सदरमुकाममा अभियानताहरु संग अन्र्तक्रिया कार्यक्रममा लू निभा को कार्यकारि निर्देशक नरेन्द्र डङोल,कृष्ण महर्जन,ज्ञान भक्त महर्जन, । राष्ट्रिय बाल अधिकार परिसद का कार्यकारी निर्देशक मिलन धरेल लगायत २२ जना अभियानताको सहभागिता रहेको थियो ।
यस कार्यक्रम लाई निरन्तरता दिनुपर्ने र थप कार्यक्षेत्र विस्तार गर्नुपर्ने अभियानताहरुको सुझाव रहेको थियो ।
अभियानताहरुले शिक्षा सेवा बाहिर रहेका बालबालिका लाई शिक्षाको पहुचमा पुगाउने । शिक्षक,विद्यार्थी,अभिभावक लाई नजिक गराउने पुलको रुपमा काम गरिरहेका छन् ।





















