२०८३ मंसिर ९ मंगलवार
२०८३ मंसिर ९ मंगलवार

आलोक मल्टी कन्सर्न प्रालि संञ्चालनमा ः मुख्यमन्त्रीले गरे उद्धघाटन

डडेल्धुराः आगलागीपछि ध्वस्त बनेको धनगढीको आलोक मल्टी कन्सर्न प्रालि उद्योग सञ्चालनमा आएको छ। १० करोडको लगानीमा शनिबार फर्निचर उद्योग सञ्चालनमा आएको हो।

धनगढी उप–महानगरपालिका–४ चटकपुरमा रहेको उद्योगको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका छन्।
गत फागुन २२ गते निर्माणका क्रममा उद्योगमा आगलागी भएपछि जलेर ध्वस्त बनेको थियो।

अब भारत, चीन तथा अन्य मुलुकदेखि ल्याइएका कच्चा पदार्थबाट धनगढीमै अत्याधुनिक मेशिनको प्रयोग गरेर फर्निचरका सामान उत्पादन हुने उद्योगका सञ्चालक भोजराज भट्टले बताए। १० करोडको लगानीमा सञ्चालनमा आएको उद्योगमा ८० जना भन्दा बढीले रोजगारी पाएको भट्टले बताए।
उद्घाटन कार्यक्रममा प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, डडेल्धुराको अमरगढी नगरपालिकाका नगर प्रमुख विपिन ओझा, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको सहभागिता रहेको थियो
भट्टसहित हिरा जोशी, पदमबहादुर भण्डारी र आरिप अहमद राइमले उक्त उद्योगमा लगानी गरेका छन्। फर्निचरका सामग्री धनगढीमै उत्पादन गरेर बिक्री गर्ने उद्योगको योजना छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।