२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

महिन्द्राको थ्रीएस सुविधा सहितको शोरुम डडेल्धुरामा

डडेल्धुरा
महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम डडेल्धुरामा संचालनमा आएको छ । शनिबारबाट जिल्लाको किर्तिपुरमा महिन्द्राका गाडीहरूको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम संचालनमा आएको हो ।
अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारी र स्थानीय प्रतिनिधिहरूसहित महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त शोरुमको संयुक्त रूपमा उद्घाटन गरीएको हो ।

अग्नि ग्रुपले सुदूरपश्चिम प्रदेशका लागि कम्पनीको पूर्ण सुविधाले आधिकारिक शोरुम सञ्चालनमा ल्याएको अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले बताए । उपभोक्ताको आवश्यकताअनुसार कम्पनी विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको श्रेष्ठले जानकारी दिए ।
शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुने अग्नि ग्रुप कीर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउँदले बताए ।
डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको साउँदले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।