बैतडी – नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा बैतडीका नेपाली काङ्ग्रेसका सक्रिय युवा नेता रामचन्द्र महराले प्रदेश सभा क्षेत्रीय कार्य समिती सह-सचीव पदमा उम्मेद्बारी दिएका छन् । उनले प्रदेश सभा क्षेत्रीय कार्य समिती ‘क’ बैतडी बाट आफ्नो उम्मेद्बारी दिएका हुन् ।
“अग्रजको त्याग र अनुभवलाई सम्मान , युवाको लगनशीलता र उर्जालाई प्रोत्साहन , गतिशील काङ्ग्रेस अबको अभियान ! नयाँ सोच , नयाँ बिचार , नयाँ जोस र जाँगर ” नारा सहित आफ्नो उमेदवारी दिएका छ्न ।
महराले काङ्ग्रेस सक्रिय राजनीति गर्दै गर्दा देश , जनता र पार्टीको हितमा थुप्रै काम गरेको बताए । उनले भने ,” अब क्षेत्रीय सह-सचीव भई थप उर्जाका साथ पार्टीको सुदृढीकरणका साथै रास्ट्र र आफ्नो क्षेत्रको लागि काम गर्ने छु ।”
त्यसका लागि उनले आफ्नो सम्पूर्ण अग्रज नेता , बुद्धिजीवी व्यक्तिहरु संग सल्लाह लिएर अघि बढेका बताएका छन् । क्षेत्रिय तथा राष्ट्रिय स्तरमा काङ्ग्रेसलाई बलियो बनाउने लक्ष्य लिएर सह-सचीवमा उम्मेद्बारी दिएको तथा सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरु तथा पार्टीका कृयाशिल अग्रज व्यक्तिबाट सहयोगको समेत अपिल गरेका छन् ।




























