२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

डडेल्धुरामा नेकपा एमाले फेरि विभाजन हुने

डडेल्धुरा — डडेल्धुरामा नेकपा एमाले फेरि विभाजन हुने भएको छ । सुदूरपश्चिममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा नेकपा एमाले विभाजन हुन थालेको हो । तत्कालीन नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा.तारा जोशी हुन् । तर, ओलीले एमाले अध्यक्षको रूपमा प्रकाश साउँदलाई जिम्मेवारी दिएका छन् । साउँद समूहले डडेल्धुरामा गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एक्लौटी रूपमा नेतृत्व चयन समेत गरेका थिए ।

एमाले अध्यक्ष जोशी रहेको र १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने जोशी समूहका नेता कार्यकर्ताले चेतावनी समेत दिएका थिए । मंगलबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जोशीले एमाले अध्यक्ष ओलीको फाँसीवादी संगठनमा सहभागी हुनु राम्रो नभएको बताएका छन् ।

उनले ओलीले पार्टीभन्दा पनि गुट चलाउन खोजेकोले डडेल्धुरामा नयाँ पार्टी एकीकृत समाजवादी पुनः गठनको अवस्थामा पुगेको बताएका छन् । उनले नेकपा फुटेर एमाले बनेपछि केही साथीहरूले एकीकृत समाजवादी पार्टीको गठन गरेपनि अधिकांश साथीले तत्कालीन अवस्थामा यथा स्थितिमा रहने निर्णय गरेको समेत स्मरण गरेका छन् । ‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ डा.जोशीले भने, ‘तर, कार्यान्वयन भएन । र, हामी समाजवादीमा प्रवेश गर्दैछौँ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।