टिकटकमा आफ्नो एकाउन्ट खोलेपछि एक १३ वर्षीय प्रयोगकर्ताले ‘अन्ली फ्यान्स’ सर्च गर्न थाले । ‘अन्ली फ्यान’ एडल्टको मनोरञ्जनका लागि आवश्यक सामाग्री अपलोड गर्न चिनिएको साइट हो । यसपछि यी प्रयोगकर्ताले केही भिडियोहरू हेरे, जसमा दुई वटामा पोर्नोग्राफी पनि बेचिरहेको थियो ।



यसपछि यी प्रयोगकर्ताले ‘फर यु’ फिड नियाले । यहाँ धेरै प्रयोगकर्ताहरूले हेर्ने गरेका लोकप्रिय भिडियोहरू टिकटकले देखायो । तर, बालबालिका प्रयोगकर्ताको सेक्सप्रतिको इच्छालाई एपले बिर्सिएन, तत्कालै उसले यौन सामाग्रीहरू समेटिएका दर्जनौँ भिडियोहरू पठायो । त्यस्ता, भिडियोहरू पनि थिए, जहाँ कलाकारहरूले केयर गिभरहरूसँग सम्बन्ध बनाएको अभिनय थियो । एउटा भिडियोमा अत्यन्तै उत्तेजक कपडा लगाएकी एक युवतीलाई पुरुषले भनिरहेका हुन्छन्, ‘स्वतन्त्रसँग रोऊ । तिमीलाई थाहा छ यो ड्याडीको फेभरेट हो ।’
यस एपको अल्गोरिदमले ती प्रयोगकर्तालाई त्यस्तो र्याबिट होलमा छिराएको थियो, जसलाई धेरै प्रयोगकर्ताहरूले ‘किन्कटक’ भन्छन् । यसमा कोर्रा, चेन र यातना दिने खालका सामाग्रीहरू हुन्छन्, जसमध्ये केही सामाग्रीहरू टिकटमा प्रतिबन्धित छन् ।


















