देवजंग साउद — कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका युवाहरु मिलेर कृष्णपुर नगरपालिकामा रहेका विभिन्न गरिब असाहय लाई राहत वितरण कार्यक्रम सञ्चालन गरेका छन् । युवाहरुले यहि असोज ३१ गते देखि कार्तिक २ गते सम्म आएको अबिल बर्षाको कारणले गर्दा बस्ने घरहरुको बिजोक भएकाले गरिब, असाहयले एक छाक खाना खान पनि मुस्किल परेको हुँदा राहत वितरण कार्यक्रम सञ्चालन गर्नको लागि विभिन्न सहयोगी दाताहरुको केही सहयोग ले गर्दा कृष्णपुर नगरपालिका वडा नं ४ मा रहेका विभिन्न गरिब असाहय परिवार लाइ राहत वितरण गरेका छन् ।



राहत वितरण कार्यक्रम कृष्णपुर नगरपालिका वडा नं ४ पर्ने दयाअमरपुर शुकम्बासि टोल मा रहेका कम्तीमा ३० घर परिवारहरु रहेका थिए । तीनिहरुलाई युवाहरुले प्रत्येक घरमा गएर १ घर बराबर १० केजि चामल वितरण गरिएको थियो । त्यस क्रममा कृष्णपुर नगरपालिका वडा नं ४ बस्ने सरस्वती लुहार को घर को अबस्था एक्दम नाजुक भएको हुँदा उहाँ लाइ राहत सोरुप २५ केजि चामल र २(२ं पोका नुन, तेल वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । उहाँ को घरमा एकदमै नजुक अवस्था रहेको हुँदा उहाँ को परिवारमा ७ वटा छोरा छोरी र आफु मिलाएर ८ जनाको संख्या रहेको थियो। राहत वितरण कार्यक्रम को क्रममा कृष्णपुर नगरपालिका वडा नं ४ बस्ने धन्सरा बि.क. को घरमा पनि आथिर्क अबस्था एक्दम कमजोर भएको हुँदा उहाँ को श्रीमानको मुत्यु भएको र परिवारमा ५ छोरा छोरी साथै आफु रहेका उनले बताइन् । उहाँलाइ पनि राहत स्वरुप २५ केजि चामल र २ केजि नुन, १ लिटर तेल राहत स्वरूप दिएको थियो।
राहत वितरण कार्यक्रम को क्रममा कृष्णपुर नगरपालिका वडा नं ४ बस्ने पवित्रा कोलि को घरमा पनि एक्दमै अबस्था कमजोर हुनाले उहाँलाई पनि सहयोग स्वरुप २५ केजि चामल र तेल नुन वितरण गरेको थियो ।
राहत वितरण कार्यक्रम को क्रममा कृष्णपुर नगरपालिका वडा नं ४ मालुबेला बस्ने तमोलि लाई पनि घरमा आथिर्क अबस्था एक्दम नाजुक भएको हुँदा उहाँ लाइ पनि राहत स्वरुप चामल नुन तेल वितरण गरिएको थियो । यस कार्यक्रम मा प्रत्यक्ष रुपमा खटिएर काम गर्ने सन्तोष धिक्त, शिद्ध राज जोशी, दिपक राज भट्ट, देब जंग साउँद रहका थिए । राहत वितरण को लागि आथिर्क सहयोग भने विभिन्न व्यक्तिहरु बाट भएको थियो।


















