२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

डडेल्धुराका अवरुद्ध ग्रामीण सडक अझै सुचारु हुन सकेन प्रयास जारी

डडेल्धुराः सात स्थानिय तह रहेको डडेल्धुराका ग्रामिण सडकहरु अफै पुर्ण रुपमा खुल्न सकेका छैनन् ।
वर्षाका कारण अवरुद्ध जिल्लाका स्थानीय पालिकाले सडक खुलाउनुका लागि प्रयास जारी राखेका छन्। केहि सुगमका सडकहरु सुचारु भएता पनि अधिकान्स सडकहरु भने सुचारु गर्न कठिन भएको छ स्थानिय निकाय लाई ।

विकासको मुख्य ऐजेन्डा बोकेर वातावरण प्रभाव मुल्याङकन नै नगरि बनाईका सडकको अहिले बेहाल बनेको छ ।
स्थानिय सरकाले आफनै जेसिवि खरिद गरेर सडक लाई भने प्रथमिकतामा राखेको थियो ।
भागेश्वर, आलिताल,गन्यापधुरा, अजयमेरू, नवदुर्गा, गाउँपालिका ,अमरगढी र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन्। अवरुद्ध सडक केही मुख्य सडक भने सुचारु भएको पालिकाले जनकारी गराएका छन्।

रुवाखोला–रेल, धन्ढुङ्गा– बडाल, जनगलस्पा– कैलपालमाडौं र कोराल–मोइरेल सडकमा एकै साथ पाच डोजर प्रयोग गरिएको र भोली सम्म वडा जोडवने सडक पुर्ण रुपमा सुचारु हुने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

अजयमेरू गाउँपालिकाले उग्रतारा–मेलौली, भल्कुडा– चिपुर , ढिमौला–भद्रपुर र बगरकोट–सेरागाँड–देवल सडक सुचारु गर्न काम सुरवात गरिसकिएको जनाएको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन उच्च प्राथमिकता दिएको बताए। नवदुर्गा, र आलितालले गाउँपालिकाले अवरुद्ध सडक सुचारु गरिरहेको जनाएका छन्।

भागेश्वर गाउँपालिकाले अवरुद्ध सडक सुचारु गर्नका लागि वडा नम्बर ३ बोगटा र वडा नम्बर १,२,५ मा डोजर खटाएको छ जसमा वडा नम्बर ३ को कार्यालय बोगटा सम्म सडक सुचारु भईसकेको छ भने १,२ को रुपाल सडक खण्डको खुल्ली खेतमा ठुलो पहिरो गएकाले बाटो खुल्नु अझै तीन दिन सम्म लाग्नु सक्ने भागेश्वर गाउपालिकाका नायब सुब्बा मात्रिका प्रसाद भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार आज गाउपालिकाको प्राविधिक टोलि सम्बन्धित क्षेत्रमा पुगेको छ र उता रुपाल बाट बगरकोट जोडने मार्गको ३ किलोमिटर बाटो सफाई काम भईसकेको छ । गाउपालिकाका सडक खुलाउनुका लागि ३ जेसिवि र १ स्काभेटर प्रयोग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन तथा राहत वितरणमा पालिकालाई आग्रह गरिएको बताए।
अवरुद्ध सडकका कारण स्थानियलाई पालिका सदरमुकाम सम्म पुग्ने असहज भएको छ भने बिरामीहरु लाई झनै सम्स्या परेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।