२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

रेडक्रसका सात आधारभूत सिद्धान्तहरू

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । यसरी नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने ब्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो ।
रेडक्रसका सात आधारभूत सिद्धान्तहरू
मानवता
रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई भेदभावविना सहयोग पुर्‍याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै हैसियतमा जहाँसुकै मानवीय विपत्तिलाई हटाउन वा कमगर्न प्रयत्नशील रहन्छ । यसको उद्देश्य जीवन तथा स्वास्थ्यको सुरक्षा तथा मानवको सम्मानलाई सुनिश्चित गर्नु हो । यसले सम्पूर्ण मानवबीचमा पारस्परिक समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्तिको अभिवृद्धि गर्दछ ।
निष्पछ्यता
रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पुर्‍याउँदा उनिहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ ।
तटस्थता
सबैको विश्वास प्राप्त गरिरहनका निम्ति शत्रुतापूर्ण व्यवहारमा र कुनै पनि क्षण राजनीतिक, जातिय, धार्मिक अथवा बैचारिक स्वभावका विवादहरूमा रेडक्रस अभियानले कसैको पक्ष लिँदैन ।
स्वाधिनता
रेडक्रस अभियानका स्वाधिन छ । राष्ट्रिय सोसाइटीहरूले सम्बन्धित सरकारको मानवीय सेवा कार्यमा सहयोग र सम्बन्धित राष्ट्रको ऐन ९कानून पालना गर्दा आफ्नो स्वायत्तता सदा काम गर्नै पर्छ जसबाट रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरुप काम गर्न ती निकायहरु सदैव सक्षम हुन सकुन् ।
स्वयम् सेवा
रेडक्रस स्वेच्छाले अरुको भलाई गर्ने अभियान भएकाले कुनै पनि किसिमको लाभको इच्छाबाट प्रेरित हुँदैन ।
एकता
एउटा मुलुकमा एउटै मात्र रेडक्रस अथवा रेडक्रिसेण्ट सोसाइटी हुन सक्दछ । यो सबैका लागि खुला हुनै पर्छ । यसले आफ्ना मानवीय कार्यहरु देशभरि सञ्चालन गर्नै पर्छ ।
विश्वव्यापकता
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान विश्वव्यापी छ जसमा सबै सोसाइटीहरूको समान सम्मान हुन्छ र सबैले एक९आपसमा सहयोग गर्ने समान दायित्व र कर्तव्य पालना गर्दछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।