डडेल्धुरा— डडेल्धुराको अजयमेरु गाउँपालिकाले सुपथ मूल्य पसल संचालनमा ल्याएको छ। बिहीबारदेखि गाउँपालिकाका ६ वटा वडामै सुपथ मूल्य पसल संचालनमा गरिएको हो।
दशैं र तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए।
गाउँघरमै सुपथ मूल्यमा नागरिकहरूलाई आवश्यक सामग्री उपलब्ध गराउने उदेश्यले पसल संचालनमा ल्याइएको उनको बताए।
सुपथ मूल्य पसलबाट सेवाग्राहीहरूले चिनी, तेल, आयोडिन नुन, लुगा धुने साबुन, नहाउने साबुन पाउने छन् । जसमा २० प्रतिशत छुट गरिएको अध्यक्ष भट्टले बताए। उनका अनुसार सेवाग्राहीले सबै सामग्री खरिद गर्दा एकमुष्ट ७ सय ७० रुयैयाँ तिनुपर्ने छ।



Views: 458


















