२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ खारेज

काठमाडौँ,१२ असोज । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।एमाले विभाजन गर्न माधव नेपाल समूहलाई बाटो खोल्ने उद्देश्यले सरकारले अध्यादेश जारी गरेको थियो ।

सोही अध्यादेशले व्यवस्था गरेको प्रावधानका आधारमा एमालेबाट फुटेको समुहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ । एमाले विभाजनको उद्देश्यपूर्ति सँगै सरकारले अध्यादेश खारेज गरेको हो । अध्यादेशका कारण सत्तारुढ दलहरुहरु भित्रै विभाजनको त्राश थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।