२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन आज

काठमाडौँ — संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन शनिबार हुँदै छ । २१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।

संस्थापनइतर समूहका नेता अर्जुननरसिंह केसीले विवादित १३ जिल्लाको वडा अधिवेशन सकेर देशभर एकैपटक अन्य तहको अधिवेशन गर्नुपर्नेमा नेतृत्वले जबर्जस्त ढंगले काम गरिरहेको बताए । ‘सबै तहको निर्वाचन देशभर एकैपटक गर्नुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ उनले भने, ‘विवादलाई थाती राखेर हिमाल, पहाड, तराईका नाममा छुट्टाछुट्टै मितिमा निर्वाचन गर्नु भनेको निर्वाचन निष्पक्ष नगर्ने संकेत हो ।’
केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । तर पदाधिकारी बैठकले कार्यतालिका संशोधन गरेपछि विरोध सुरु भएको छ । सभापतिमा उम्मेवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले निर्वाचन समितिको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी भएको संशोधन मान्न नसकिने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।