नेकपा एस.को महासचिवमा भुषाल, अन्य पदमा पनि सहमति जुट्यो
काठमाडौं — सत्ता साझेदारी दल नेकपा ९एकीकृत समाजवादी० मा चार उपाध्यक्षसहित विभिन्न पदको जिम्मेवारी बाँडफाँट भएको छ । नेकपा ९एस० को उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ शाह, जयन्ती राई र प्रमेश हमालमा लागि सहमति भएको नेकपा ९एस० का नेता डा। गङ्गालाल तुलाधरले बताउनुभयो ।
यसैगरी, महासचिवमा वेदुराम भुषाल चयन हुनुभएको उहाँले बताउनुभयो । उपमहासचिवमा डा. विजय पौडेल, डा। गङ्गालाल तुलाधर र प्रकाश ज्वाला चयन हुनुभएको छ।
सचिवहरुमा जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ र नागेन्द्र चौधरी चयन हुनुभएको तुलाधरले जानकारी दिनुभयो ।
नेकपा एस. को केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबारदेखि जारी छ । आजको बैठक काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा भइरहेको नेकपा एस. का नेता जीवनराम श्रेष्ठले बताउनुभयो । बैठक आज सम्पन्न हुनेछ ।





















