२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

नेपाली कांग्रेस बैतडीको नेतृत्वका लागि संयुक्त प्यानलद्वारा उम्मेद्वारी घोषणा

बैतडि — नेपाली कांग्रेस बैतडीको नेतृत्वका लागि संयुक्त प्यानलद्वारा उम्मेद्वारी घोषणा
बैतडी– नेपाली कांग्रेस बैतडीको १४ औं जिल्ला अधिवेशनका लागि चतुरबहादुर चन्दको नेतृत्वमा संयुक्त प्यानलले उम्मेद्वारी घोषणा गरिएको छ । बैतडी संस्थापन पक्षको उम्मेद्वारी घोषणसभा आयोजना गरेर आगामी अधिवेशनमा पदाधिकारीहरुको उम्मेद्वारी घोषणा गरिएको छ ।

पार्टी कार्यालय गोठलापानीमा आयोजित घोषणा सभामा संयुक्त प्यानलबाट सभापतिमा चतुरबहादुर चन्दलाई उम्मेद्वार बनाइएको छ । यस्तै उपसभापतिमा वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय र खगेन्द्रसिंह धामीलाई अघि सारिएको छ ।

यस्तै सचिव पदमा वर्तमान सचिव प्रेमबहादुर चन्द र देवराज जोशीलाई उम्मेद्वार बनाइएको छ । यस्तै सहसचिवमा दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडलाई उम्मेद्वार घोषणा गरिएको छ । सो प्यानलबाट प्रदेश ९ख० क्षेत्रीय कार्यसमितिको सभापतिमा शिवराज भट्टलाई उम्मेद्वार बनाइएको छ ।

उम्मेद्वार घोषणा सभामा बोल्दै सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दले आफूहरु साझा उम्मेद्वार भएको बताए । उनले भने ‘हामी पौडेल, देउवा वा कुनै अन्य गुट होइनौं । हामी नेपाली कांग्रेसका उम्मेद्वार हौं । पार्टीभित्रको मण्डले प्रवृतिका विरुद्ध सच्चा कांग्रेसीहरुको उम्मेद्वारी हाम्रो उम्मेद्वारी हो ।’

बुधबार घोषणा गरिएको संयुक्त प्यानल कुनै एक गुटका नेता मात्रै नभएर सिंगो कांग्रेसको प्रतिनिधित्व गर्ने नेताहरु भएकाले आफूहरु संस्थापन पक्ष भएको चन्दले दाबी गरे । उनले भने ‘सबल कांग्रेस बनाउन हामीहरु चुनावी मैदानमा उत्रेका छौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले अब सक्कली कांग्रेस चिन्ने बेला आएको छ ।’

यसअघि संस्थापन पक्षको दाबी गर्दै शिवराज भट्ट नेतृत्वमा अर्को प्यानलले उम्मेद्वार घोषणा गरेर चुनाव प्रचारप्रसारमा जुटिसकेको छ । सो प्यानलमा सभापतिको उम्मेद्वार पूर्व पार्टी सभापति शिवराज भट्टलाई बनाइएको छ भने उपसभापतिमा वर्तमान सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामीलाई बनाइएको छ ।

यस्तै सचिवमा विपी विचार राष्ट्रिय समाज बैतडीका सभापति रमेशसिंह भण्डारी र कर्ण बोहरालाई अघि सारिएको छ । सो समूहले सहसचिवमा दलित नेता रमेश कोली र तरुण दल अध्यक्ष घनश्याम भट्टलाई अघि सारेको छ ।

दुवै पक्षले प्यानल घोषणा गरेपछि अब बैतडी कांग्रेसको नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । बैतडीका जिल्ला अधिवेशन असोज १५ मा हुँदैछ । त्यसअघि हुने पालिका अधिवेशन र क्षेत्रीय अधिवेशनमा पनि दुई समूहले चुनाव लड्ने रणनीति बनाएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।