२०८३ श्रावण १४ बिहीबार
२०८३ श्रावण १४ बिहीबार

रमेश लेखक र एनपी साउदको महामन्त्रीमा दाबी

धनगढी — नेपाली कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ। अधिकांश जिल्लामा वडा अधिवेशन सकिएको छ भने केही जिल्लामा हिजोआज भइरहेको छ। सुदूरपश्चिममा कैलाली जिल्लाको वडा अधिवेशन अनिश्चित छ भने बाजुरामा वडा अधिवेशन भइरहेको छ।

डडेल्धुरा गृहजिल्ला भएका प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक पटक सभापतिमा लड्ने तयारीमा छन्। उनी निकट सुदूरपश्चिमका अन्य दुई नेताले पनि पदाधिकारीमा दाबेदारी प्रस्तुत गरेका छन्। केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकले महामन्त्रीमा दाबी गर्दै आएका छन्।
लेखक र साउद प्रतिनिधि सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ र २ बाट पराजित भएका थिए। लेखक सहमहामन्त्रीमा बस्न तयार हुन सक्ने तर साउदको दाबी महामन्त्री वा उपसभापतिमै रहेको सुदूरपश्चिमका काँग्रेस नेताहरु बताउँछन्।
तर काँग्रेस स्रोतका अनुसार देउवाले सभापतिमा लड्ने पक्कापक्की भए लेखक र साउद दुबैले पदाधिकारी पाउने सम्भावना कम छ। ‘सुदूरपश्चिमबाटै केन्द्रीय सभापति र सुदूरपश्चिमकै नेताले महामन्त्री पाउने सम्भावना लगभग हुँदैन, यस्तो अवस्थामा लेखक र साउद दुबै ब्याक हुने सम्भावना बलियो छ,’ काँग्रेस सुदूरपश्चिमका एक नेताले भने।
कांग्रेसमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत रहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गगन थापाले महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्। यस्तै देउवा पक्षकै नेता ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत लगायतले पनि महामन्त्रीमा दाबी गर्दै आएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Yatayat