२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कृष्णपुर –१ मा ग्याङफाईट : ७ घाइते , १० जना फरार

कञ्चनपुर,२७ भदौ । कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए । उनका अनुसार कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ । कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । घटनामा संलग्न ८/१० जना फरार रहेकाले खोजी कार्य भइरहेको उनको भनाइ छ । तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको बुझिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।