२०८३ असार २४ बुधबार
२०८३ असार २४ बुधबार

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । १०८औं बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले बिहान साढे ८ बजे सुन्दरीजल पुग्ने र रुद्राक्षको विरुवा रोप्ने योजना थियो । तर पण्डित बासुदेव कृष्ण शास्त्रीको सल्लाह अनुसार दिउँसो १ बजेर ७ मिनेटको साइत रोजेको उनले बताए । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले अब कांग्रेसले तीनवटा निर्वाचन जितेर देशलाई एउटा बाटोमा हिँडाउनुपर्ने बताए ।

१३ जेठ २०१६ सालमा प्राधनमन्त्री बन्दै गर्दा बीपी कोइरालाले १५ वर्षमा हरेक नेपालीलाई आफूजस्तै नेपाली बनाउने सपना देखेको भन्दै उनले अघि भने, ‘आज हामीले ७८ सालमा महाधिवेशन गर्दै गर्दा उम्मेदवारी घोषणा गरेर मात्र पुग्दैन, यो देशले बाटो लिने हो भने १५ वर्षको सपना परिकल्पना गर्न जरुरी छ ।’

उनले अघि भने, ‘कांग्रेसले एउटा निर्वाचत जित्ने र एउटा हार्ने हो भने बीपीले १५ वर्षमा देश बनाउँछु भनेर गरेको परिकल्पना र स्पिरिटलाई सम्बोधन गर्न सकिन्न । देश अस्थिरताको जञ्जालमा पर्छ र देश बनेन भने कांग्रेसलाई पनि अप्ठ्यारोमा पर्छ । त्यसैले आज म उद्घोष गर्न चाहन्छु, कांग्रेसको आगामी महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा गएर यस्तो सपनाका साथ कांग्रेसलाई ड्राइभ गर्न चाहन्छु । ताकि कांग्रेसले लगातार तीनवटा निर्वाचन जितेर देशलाई एउटा बाटो दिनुपर्छ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।