डडेल्धुरा — नेपाली काँग्रेस डडेल्धुरामा क्रियाशिल सदस्यको विवाद चर्किए पछि जिल्ला कार्य समितीले प्रेस विज्ञप्ति जारी गर्दै सातौ जिल्ला अधिबेशन स्थगित भएको जनाएको छ । तर अधिबेशन गर्न डडेल्धुरा पुगेका निर्वाचन अधिकृतले भने यही भदौ २५ गते वडा अधिबेशन गरी जिल्ला अधिबेशसन गर्ने मिती तोकेका छन ।
जिल्ला कार्य समितीले पठाएका ४६० क्रियाशिल सदस्यको नाम हटाई केन्द्र बाट ३१२ जना सदस्यको नाम थपिए पछि डडेल्धुरा काँग्रेसमा विवाद चर्किएको थियो । गुटकै कारणले डडेल्धुरामा बिबाद झन चर्किदै आएको आम नागरिकको बुझाई छ । पार्टि सभापति समेत रहेका शेर बहादुर देउवाको जिल्लालाई चासोका रुपमा हेरिएको छ ।



क्रियाशिल सदस्यको विवाद लगायतका बिषयमा छलफल गर्न जिल्ला कार्यसमितीले मंगलबार बैठक डाकेको थियो । निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बम संगको समन्वयमा जिल्ला कार्यसमितीको बैठक पार्टी कार्यालयमा दिउसो १ बजे बस्यो । बैठकमा उपस्थित पूर्व सभापती रघुवर भट्ट, महाधिबेशन प्रतिनिधि गोबिन्दराज बोहरा, भिमबहादुर साउद, सरस्वती खड्का, नेवि संघ निवर्तमान अध्यक्ष नैन सिंह महर लगायका नेता जिल्ला कार्य समिती पदाधीकारी सदस्यहरुको उपस्थितीमा सञ्चालन भएको बैठकमा निर्वाचन अधिकृत लगायत भट्ट, बोहरा, साउद पक्षधरका नेताहरुले उपस्थितीमा हस्ताक्षर नगरे पछि केही बेर विवाद चर्किएको थियो । एजेण्डाहरु राख्दै जाने र उपस्थितीमा हस्ताक्षर नगरे पछि बैठक भाडिएको पार्टी सभापती कर्णबहमदुर मल्लले बताएका छन । तर पूर्व सभापती भट्टले उपस्थितीमा हस्ताक्षर गर्ने मौका नै नदिएको बताएका छन ।
पार्टी कार्यालयको सभाहलमा भएको बैठक बाट नेताहरु बाहिरिए पछि क्रियाशिल सदस्य थपघट गर्नमा पूर्व सभापती भट्ट र बिद्यार्थी नेता महरको भूमिका रहेको भन्दै केही नेता कार्यकर्ताले उनिहरु प्रति आक्रोश पोखेका थिए । केहीबेर तनावको वातावरण सिर्जना भएको थियो ।
सभापती कर्णबहादुर मल्ल र भट्ट, बोहरा, साउद पक्षधरका नेता कार्यकर्ता बिच हात समेत हालाहाल भए पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा पार्टी कार्यालय बाट बाहिरिएका थिए ।
पार्टी कार्यालय बाट बाहिरिए लगत्तै निर्वाचन अधिकृत बमले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २५ गते वडा अधिबेशन हुने जनाए पछि जिल्ला कार्य समितीले विवादका बिषयमा छलफल नै हुन नसकेकाले हाल लाई वडा अधिबेशन स्थगित भएको जनाएको छ ।
नगरपालिका र गाउँपालिकाको अधिबेशन भदौ २७ गते, प्रदेश क्षेत्रको अधिबेशन असोज १ गते र जिल्ला अधिबेशन असोज ५ गते गर्ने तालिका केन्द्रिय निर्वाचन समितीले निकालेको निर्वाभन अधिकृत बलमे बताएका छन ।
नेपाली काँग्रेस केन्द्रिय सभापती एवं प्रधानमन्त्रि शेर बहादुर देउवाले नै उम्मेदवार बनाएको भन्दै जिल्ला सभापतीका उम्मेदवार बनेका परशुराम नगर प्रमुख साउद लगायत पूर्व सभापती भट्ट, महाधिबेशन प्रतिनिधी एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य काँग्रेस प्रमुख सचेतक बोहरा, बिद्यार्थी नेता महर लगायतले जिल्ला कार्य समितिको अस्तित्व सकिएको र निर्वाचन अधिकृतले वडा अधिबेशनको मिती तोकेकाले अधिबेशन हुने बताउदै आएका छन ।
साउदको पक्षमा रहेका जिल्ला कार्य समिती सचिव द्धय लक्ष्मिप्रशाद अवस्थी र हेमराज चटौतले हस्ताक्षर गरेको विज्ञप्तिमा समेत वडा अधिबेशन हुने भएकाले सबै काँग्रेसले सफल बनाउनु पर्ने उल्लेख गरिएको छ । यसले वडा वडामा तनावको अवस्था सिर्जना हुने देखिएको छ । जिल्ला कार्य समितीले स्थगित भएको जानकारी गराउदा गरउादै वडा अधिबेशन गरिए पछि आउने परिणामको जिम्मेवार निर्वाचन गराउनेहरु नै हुनु पर्ने जिल्ला कार्य समितीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री तथा पार्टि सभापति समेत रहेका देउवाको गृह जिल्लामा यसो हुदा आम नागरिकमा डडेल्धुरामा अधिबेसन हुने या नहुने संका भने पैदा भएको छ ।
जिल्लामा सभापतिका उम्मेदबारमा भीम बहादुर साउद,करुणाकर भट्ट र हरि भट्ट रहेका छन्।

























