आशन्न नेपाली काँग्रेसको महाधिवेशनका लागि प्रतेक वडाबाट नै छनौट हुने वडा समिति,क्षेत्रीय प्रतिनिधी छनौटका लागि रस्सा कस्सि भईरहेका बेला कञ्चनपुरको क्षेत्र नम्बर २ का तीनै ओटै स्थानीय तहका केहि वडामा भने सहमतीको आधारमा वडा समिति, क्षेत्रीय प्रतिनिधीको टुङगो लाग्न थालेको छ ।



सहमतिकै दौरानमा कन्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ मा चित्रदेव भट्ट, वडा नम्बर ६ मा जयदेव जोशी, वडा नम्बर ७ मा धारम सिंह मार्कन्डा,वडा नम्बर ८ मा दल बहादुर विष्ट गरि बेदकोट नगरपालिकाका ४ वडा मा भने सहमतिमै वडा सभापतिको चयन गरिएको बताइएको छ। भने १२ वटा वडा कार्यालय रहेको शुक्लाफाँटा नगरपालिकामा पनि अधिक रस्सा कस्सिका बिचमा शुक्लाफ़ाट नगरपालिका वडा नम्बर ६ मा दान बहादुर खाती, वडा नम्बर ७ मा अर्जुन बहादुर मल्ल,वडा नम्बर ९ मा चक्र बहादुर ऐर,वडा नम्बर ४ मा सुग्रिब राना,वडा नम्बर ११ को वडा सभापतिमा टेक बहादुर भण्डारी गरि ५ वडामा सहमतिमै वडा सभापतिको चयन गरिएको नेपाली काँग्रेस शुक्लाफ़ाटा नगरपालिकाका नगर सभापति जय बहादुर बिष्टले बताए। साथै अन्य वडामा समेत सहमतिमै वडा सभापतिको चयनका लागि प्रयास गरिरहेको समेत बिष्टले बताए।
त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा इश्वर खाती वडा नम्बर ४ मा दुलुप सिह भण्डारी र वडा नम्बर ७ मा हरिसिह गैराल, वडा नम्बर ९ मा कैलाश बलायर वडा सभापतिमा चयन भएका छन भने कृष्णपुर् नगरपालिका का ९ वडा मध्य ४ वडामा वडा सभापति सर्वसम्मत रुपमा चयन भएका छन् भने समाचार तयार पार्दा सम्म ५ वडा का वडा सभापतिको लागि छलफलमै जुटेको नेपालि कांग्रेश कृष्णपुर् नगरपालिकाका नगर सभापति भक्त्त बहादुर खातीले जानकारी गराए ।
कंचनपुर जिल्लाको क्षेत्र नम्बर २ मा अधिकाँस वडाहरुबाट वडा समिति र त्यहाँबाट क्षेत्रीय प्रतिनिधी सहमतीकै आधारमा छनौट भईरहेका र ‘क्षेत्र नम्बर दुईमा सहमतीय आधारमै टुङग्याउने प्रयास जारी रहेको एक नेताले बताए।


















