२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

कांग्रेसले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्यो, अझै २४ जिल्लाको बाँकी

काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको हो ।

यसअघि बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो । क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

शनिबार समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । यी जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाइएको छ ।
अर्घाखाँची क्रियाशील सदस्यहरुको नामावली केन्द्रीय कार्यालयमा बुझाउने पहिलो जिल्ला हो । यद्यपि अहिले आएर अन्तिम नामावलीसहित सार्वजनिक गर्दा ५३ औं जिल्ला बन्न पुगेको छ ।
क्रियाशील सदस्यहरुको नामावली पार्टीको वेबसाइटमा राखिएको छ ।
भदौ १८ गतेदेखि स्थानीय तहबाट महाधिवेशनको चुनावी प्रक्रियाको थालनी हुँदैछ । तर अझै २४ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली भने टुंगो लगाउन बाँकी रहेको छ ।
पार्टी मुख्यालय वीपीनगरमा रिले अनसनमा बसेका जिल्ला सभापतिहरुको रिले अनसन शीर्ष तीन नेताहरु गएर तोडाएपछि पार्टीको १४ औं महाधिवेशन समयमै हुने निश्चित प्रायः भएको छ ।
पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा हुँदैछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।