नेपाली काँग्रेस डडेल्धुराको सातौ जिल्ला अधिबेसन नजिकै जादा नेता कार्यकर्ताहरुमा कौतुहलता बढेको छ ।
केन्द्र, प्रदेश, क्षेत्र ,जिल्ला, नगर , गाउँ वडाहरुको सवल र सक्षम नेतृत्व हुन पर्ने बहस समेत बढेको हो ।
सातौं जिल्ला अधिबेसनमा जिल्ला सभापतीका परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले उमेदवार दिए संगै उहाँको प्यानलवाट भागेश्वर गाउँपालिकामा पालिका सभापतीका लागि उपेन्द्र जोरा र सचिव पदका लागि भुवन भाटले उमेदवारी घोषणा गरेका छन ।
भागेश्वर गाउँपालिकामा भीम बहादुर साँउदको प्यानलवाट सभापतीमा काग्रेस युवा नेता उपेन्द्र जोराको नाम मुख्य चर्चामा रहेको छ भने सोही प्यानलवाट सचिव पदमा भुवन भाटले उमेदवारी घोषणा गरेका छन ।



भागेश्वर गाउँपालिका वडा न २ को अशिग्राम मा।बि।को पुर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भई सामाजिक सेवा तल्लीन उपेन्द्र जोरा लाई भागेश्वर गाउँपालिका सभापती बनाउने अधिकान्स काँग्रेस कृयाशिल सदस्यहरुको चाहना रहेको छ भने सचिव पदमा भुवन भाटको समेत चर्चा चुलीएको छ ।
गाउँपालिका सभापतीमा ५ वटै वडामा सम्पुर्ण कृयाशिल सदस्यहरुले न्याय दिएमा युवा, महिला, दलित , अल्पसंख्यक, जनजाती जेष्ठ काँग्रेस सदस्यहरुलाई समेत सम्मान पुर्वक समेटी सल्लाह, सुझाव ् सहकार्यका साथ काँग्रेस बलियो वनाउने अभियानमा जुट्ने मेरो दृढ संकल्प रहेको सभापतीका आकाक्षी उपेन्द्र जोराले गाउँघरन्यूजलाई जानकारी दिए ।

























