२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

गौरा पर्वको आज दोस्रो दिनः बिरुडा धोई नौलाको गौरा ल्याईदै

डडेल्धुरा । सुदूरपश्चिमको प्रमुख मौलिक चाँड गौरा लोकपर्वको शनिबार दोस्रो दिन । बिरुडा धोई नौलारधाराको गौरा ल्याई पुजाआजा गरिदै छ । बिरुडा धोएकै ठाउँमा गौरा ९पार्वती० को प्रतिमा बनाएर पुजा गरिन्छ ।
गौरा पर्व शुक्रबार देखि सुरु भएको छ । महिलाहरुले घर–घरमा बिरुडा भिजाएर पर्वको शुभारम्भ गरेका थिए ।
भाद्र दुवाष्टमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ ।

यो दिन नारीहरु ब्रत बसेर गौरा घर वा पधेरामा बिरुडा ९सानो केराउ, गहत, गुरास, गहूँ र मास मिसाएर बनाइएको पञ्चनाज० भिजाउछन् ।
बिरुडा भिजाएको तेस्रो दिन भित्री गौरा मनाइन्छ । गौराको ब्रत बस्ने सबै महिलाहरु गौरा घरमा भेला भएर बिरुडा पञ्चमीका दिन भिजाएको बिरुडाले गौरी र महेश्वरको प्रतिमालाई पुजा गर्छन । गौराको मुख्य दिन अष्टमीलाई मानिन्छ । उक्त दिनलाई अठेवाली पनि भन्ने गरिन्छ ।

अठेवालीको दिन महिलाहरु अठेवाली गाउँदै गौरा खेलाउने गर्छन् । ‘गौराको मुख्य दिन भनेको अठेवाली हो,’ सुदूरपश्चिमेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले भने, ‘गौरा घर देखि नाच्दै अठेवाली गाउँदै मन्दिरसम्म पु¥याए पछि गौरा विसर्जन गरिन्छ ।’
गौराको विसर्जनमा फल फट्काइन्छ । त्यसपछि महिलाहरुले बिरुडाले आफन्तहरुको शीर तथा शरीरको पुजा गर्छन् । यो नारी प्रधान पर्व हो, गौरामा नारीले आफुभन्दा साना, ठुला सबैको बिरुडाले पुजा गर्छन ।
यसपटक कोरोना भाइरसका कारण सार्बजनिक रुपमा गौरा नमनाउँन प्रशासनले आग्रह गरेको छ । अघिल्ला बर्षहरुमा प्रदेशभर सामुहिक देउडा खेलको आयोजन हुन्थ्यो । प्रशासनको निषेधाज्ञाले यसपाली ती ठाउँ सुनसानझै छन्

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।