कैलालीको मोहना नदीमा बगेर बेपत्ता भएका युवकलाई खोज्न गोताखोरको टोली खटाइएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य सुरु गरेको हो।



शुक्रबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहोना नदिमा बगेर बेपत्ता भएका थिए। धनगढी उपमहानगर वडा नम्बर ३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि अहिले आवागमन बन्द छ। स्काई फोल्डिङ पुल पनि बाढीले बगाएको छ।
Views: 140

























