डडेल्धुरा: डडेल्धुरामा आम सञ्चार तथा पत्रकारिता बिषय पढाई हुने भएको छ । जिल्ला सदरमुका अमरगढी नगरपालिका ५ मा रहेका भगवती सेकेन्डरी इङंलिस बोडिङ स्कुल किर्तीपुरमा पत्रकारीता पढाई हुने भएको हो ।
कक्षा ११ र १२ मा पत्रकारीता पढाई हुने भन्दै स्कुलले भर्नाका लागि सार्वजनीक सुचना नै जारी गरेको छ । जारी सुचनामा पत्रकारीता अध्ययन गर्न इच्छुक एइई उतिर्ण बिद्यार्थीहरुले यही भाद्र ८ गतेदेखी २८ गतेसम्म फाराम भर्न सकिने उल्लेख गरेको छ ।
पत्रकारिता के हो ?
पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा अधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जनकारी र बिबरण तुरुण्तै बिश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै समु पराउन सकिन्छ । पत्रकारीता राज्यको चौथो महत्त्व पुर्ण अङ्ग हो ।



राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरू, विभाग एवं अन्य कार्यालयमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी सुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हासिल गरेको धेरैले रोजगारी पाउन सक्छन् ।
सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर एवं प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई मात्र यस क्षेत्रमा काम गर्ने व्यवस्था गर्न सकिन्छ । तल्लो स्तरदेखि उच्च शिक्षासम्म सैद्धान्तिक भाग र प्रयोगात्मक भागलाई बराबर बनाइनु पर्छ । हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ ।

























