सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिनेको तुलनामा जित्नेको संख्या बढ्दै गएको छ । यसअघि संक्रमित थपिने र निको हुने क्रम उस्ता–उस्तै हुने गरेकोमा ३ दिन यता निको हुने बढेका हुन ।



प्रदेशमा सोमबार १८ जना कोरोना संक्रमित थपिदाँ ५१ जना निको भएका छन । यसअघि आईतबार एक जना कोराना संक्रमित थपिदा २९ जना निको भएका थिए भने शनिबार १५ कोरोना संक्रमित थपिदा ४६ जना निको भएका थिए ।

३ दिनको अवधिमा ३४ कोरोना संक्रमित थपिदा १ सय २६ जना निको भएका छन । सो अवधिमा कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । तिन दिनको अवधिमा प्रदेशमा २ हजार ५ सय १ नमूनाको कोरोना परिक्षण गरिएको छ ।
यसरी पछिल्लो ३ दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमण दर ५ प्रतिशत रहेको देखिन्छ । हाल सम्म प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४६ हजार ३८ पुगेको छ भने त्यसमध्ये ३६ हजार ५ सय १६ जनाले कोरोना जितेका छन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म ३ लाख ७ हजार २ सय ८३ नमूनाको कोरोना परिक्षण गरिएको छ । जसमा एन्टिजेन बिधिबाट १ लाख ५ हजार ३ सय ६९ र पीसीआर बिधिबाट १ लाख १ हजार ९ सय १४ जनाको कोरोना परिक्षण गरिएको छ ।
प्रदेशमा कोरोनाका संक्रिय संक्रमित मध्ये ३० जनाको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । जसमध्ये ५ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । प्रदेशमा कोरोनाका कारण ५ सय ८० जनाले ज्यान गुमाएका छन ।

























