२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

सुदूरपश्चिमका मुख्यमन्त्रीको सम्पर्क कार्यालय काठमाडौं : कानूनविपरित राज्यको सम्पत्ति खर्च

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानूनविपरित संघीय राजधानी काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको खुलासा भएको छ।

महालेखा परीक्षकको वार्षीक प्रतिवेदनले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको खुलासा गरेको हो। ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्य क्षेत्र बाहिर काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी कार्यालयको बजेटबाट टेलिभिजन, कम्प्युटर, फर्निचर खरिद र कार्यालय मर्मत तथा रंगरोगनमा ६ लाख ८५ हजार खर्च भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानूनी व्यवस्था र नीतिगत निर्णय बेगर काठमाडौँमा समेत कार्यालय स्थापना गरी खर्च गर्नु औचित्यपूर्ण देखिएन।’

प्रदेश सरकारले शासन व्यवस्था सञ्चालन तथा संघीय सरकारसँग कुनै पनि विषयमा समन्वय गर्नका लागि प्रदेश प्रमुखको व्यवस्था गरिएको छ। त्यसकारण पनि कार्य क्षेत्र बाहिर सम्पर्क कार्यालय स्थापना गर्नु कानून विपरित भएको जानकारहरु बताउँछन्। dineshkhabar.com

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।