२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

छोरा किरणलाई बोकेर उपचार गर्न गएकी धर्माको बसमै यात्रा रोकियो : माईती घर डडेल्धुरा

धनगढी: शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो। २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्।

उक्त तस्बिर उनी राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा बसमा लिइएको हो। मुटु रोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार नेपालगञ्ज जाँदै थिइन्। उपचारका लागि गाउँबाट नेपालगञ्ज जानेका क्रममा उनले बसमै ज्यान गुमाएकी थिइन

उनको उपचारमा पहिला पनि ४ लाख भन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिए। शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिए। तर उनले बाटोमै ज्यान गुमाइ सकिछन्। रातिसम्म त फोनमा कुरा भइरहेको थियो ठिकै थिइन तर के पो भएछ बाटोमा। बिहान त छोरालाई मात्रै भेट्न पाए।’

धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि एउटा सिट मिलाइएको थियो। ‘बर्दियाको हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा तर उनी भुईमा खसेका रहेछन्। र, धर्मा हलचल गर्न नकक्ने अवस्थामा थिइन’ एक यात्रुले भने।

रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेका थिए। सोही क्रममा आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो। त्यहीबेला एक यात्रुले भाइरल बनेको तस्बिर खिचेका थिए। जुन अहिले चर्चामा आएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।