२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सुदूरपश्चिममा ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै

धनगढी,१ भदौ । सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । यो पर्वमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ ।

यसैगरी विवाहिता छोरीलाई माइतीघरमा ल्याई लाउन (सेल), बावर(पुरी), माणा, निसौसे, डुब्कालगायतका स्थानीय खानाका मीठामीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । बर्सादको मौसममा खेतबारीमा कामगर्दा हात र खुट्टामा देखिने छाला सम्बन्धी रोगको सङ्क्रमणबाट बच्न भन्दै भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ ।

यसरी भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलामा लगाउदा छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहि आएको छ । कोभिड-१९ को जोखिम कायम रहेकाले भिडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।