२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

डडेलधुराको बडम गाउँमा पानीको हाहाकार

डडेल्धुरा । नवदुर्गा गाउँपालिका–२ बडम गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । वर्षातमा पनि बडम गाउँमा पानिको हाहाकार मच्चिएको हो । बडम क्षेत्रका १२ गाउँमा वर्षौ देखि खानेपानिको हाहाकार मच्चिएको हो । वर्षातको यो समयमा गाउँ भन्दा तल रहेका नोला बाट स्थानियले पानिको जोहो गरे पनि गर्मीयाममा भने पानीको चरम अभाव भोग्ने गरेका छन ।

बाह्र पणमको बडम भनेर चिनिने बडमगाउँका १२ वटा वस्तिमा करिब आठ सय घरधुरी छन । १२ वटा वस्ति मध्ये अहिले कुनै पनि वस्तिमा पानीको उचित व्यवस्थापन छैन । २०५१ साल र त्यस पछी बनेका योजना जिर्ण बन्दा बडम गाउँमा पानीको चरम अभाव चुलिएको हो । बडम गाउँवासीले अहिले बर्षातको समयमा समेत घर भन्दा तल रहेको नोला बाट पानीको जोहो गर्दै आएका छन । घर भन्दा तल १५ देखि ३० मिनेटको पैदल दुरीमा रहेका नोला बाट उकोलो बाटोमा पिठ्युमा पानीका ग्यालेन बोकेर पानीको जोहो गर्नु पर्ने बाध्यता बडमवासीको छ ।

गर्मीयाममा भने गाउ भन्दा एक घण्टाको पैदल दुरीमा रहेको रडुवा खोला बाट पानीको जोहो गर्नु पर्ने बाध्यता बडम गाउँवासीको रहेको स्थानिय पार्वती देवी अवस्थीले बताईन । रातिको १२ बजे सम्म र बिहान ३ बजे देखि नै पानी भर्न नोलामा बस्नु पर्छ । उनले भन्नि, पानिकै जोहो गर्न सुत्ने समय हुदैन । अरु काम त परैको कुरा । सह्रै समस्या छ । योजना निर्माण गरिए पनि धारामा पानी आउदैन ।

२०५१ सालमा पहिलो पटक खानेपानी योजना लागु भई गाउँमा पानी पुगे पनि दुई वर्ष भन्दा बढी धारामा पानी नआएको स्थानिय जग्वा भुलले बताए । त्यस पछि पनि २०६९ साल यता गाउँमा आठ वटा धारा बने पनि धारमा पानी नआएको उनले बताए । योजनामा रकम मात्रै आउने तर धारामा पानी नआउदा पानीको समस्या ज्यू का त्यू रहेको उनले बताए ।

गत आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी बकाल र बडम गाउँलाई समेटी बृहत खानेपानी योजना लागु गरियो । गएको असार मसान्तमा काम सक्नेगरी भएको ठेक्का सम्झौता अहिले सम्म पनि सम्पन्न भएको छैन । १ करोड ९० लाख लागतमा संघिय सरकारको समपुरक बजेटमा बृहत खानेपानी योजना लागु भएको गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टले बताए । कोरोना भाईरसको संक्रमण र वर्षातका कारण योजना समयमै सम्पन्न नभएको उनले बताए । केही दिन भित्रै योजना सम्पन्न हुने उनको भनाई छ ।

बडम गाउँमा ११ किलोमिटरको दुरी बाट यस अघि पनि खानेपानि ल्याईएको थियो । मर्मत सम्हार नहुदा खानेपानी जिर्ण बनेको हो । मुल नजिकका स्थानियले पाईप काटिदिने भएकोले खानेपानि जिर्ण हुने स्थानियको भनाई छ ।

अहिले पनि पुरानै मुल खण्याखोला बाट पानि ल्याउने गरी बृहत खानेपानी योजना निर्माणको काम जारी छ । एक साता भित्रै निर्माणको काम सकिने ठेक्का सम्झौता पाएका निर्माण व्यवसायी राजेन्द्र भट्टले बताए । योजना निर्मायाका लागी १ करोड ९० लाख रकमको ४० प्रतिशत बेलोमा गाउँपालिका संग सम्झौता भएको उनले बताए । करिब २० घनमिटरका आठ वटा फेरो टंकि मध्ये ६ वटा निर्माण भईसकेका छन । उनले भने, बाँकी रहेका दुई वटा टंकी निर्माणको काम भईरहेको छ । एक साता भित्र सम्पन्न भई सक्ने छन । मुल बाट मुख्य लाईनको काम, टंकी निर्माकण र केही पुराना लाईन मर्मत गर्ने गरी सम्झौता भएको उनले बताए । बजेट अनुसार जिर्ण रहेको शाखा लाईन मर्मत गरिने उनको भनाई छ ।
लिपुलेक न्युज

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।