दिपकराज भट्ट(डडेल्धुरा)— डडेल्धुराको गन्यापधुरा गाउपालिकामा वि.सं. २००३ जेठ ३१ गतेका दिन जन्मनु भएका देउवा सुन्दर सुदुरका खम्बा मात्रै हैन्न् देउवा अन्र्तराष्ट्यि स्तरमा पनि निकै चर्चा पाएका नेता हुन् । देउवा वि.सं. २०५२ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । पटक पटक गरि देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल बनेका छन् । देउवाले डडेल्धुराको क्षेत्र नं १ र कञ्चनपुरको क्षेत्र नंम्बर ४ बाट संविधानसभा बाट प्रतिनिधित्व गर्छन् । प्रजातान्त्रिक विद्यार्थि आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए । राजनीतिक संर्घषमा उनले नौ बर्ष जेल जीवनमा विताएका थिए । देउवा बिपी कोईरालाको प्रेरणा बाट राजनीतिमा होमिएका थिए । वि.सं. २०४८,२०५१,र २०५६ सालमा संसदिय निर्वाचनमा डडेल्धुरा जिल्ला बाट निर्वाचित भएका थिए उनी २०६३ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्ला बाट समेत विजयी भएका थिए । डडेल्धुराको असिग्राम गा.वि.स बाट राजनीति सुरु गरेका देउवा अहिले ५ पटक प्राधनमन्त्रि बन्न सफल बनेका छन् ।
पहिलो पटक प्रधान्मन्त्रि ः
२०५२ भदौ २६ गतेका दिन रा.प्र।पाको सर्मथनमा देउवा पहिलो पटक प्रधानमन्त्रि भएका थिए । सोहि पार्टिले सर्मथन फिर्ता लिएपछि २०५३ फागुनमा उनी प्रधानमन्त्रि बाट हटेका थिए ।
दास्रो पटक प्रधानमन्त्रि ः
प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले राजालाई थाहै नदिई माओवादि बिरुद्ध सेना परिचालन गरेका थिए । प्रधानसेनापतिले यो कुरा थाहा पाएपछि राजामा जनहिर गरे । त्यो कुरा थाहा पाएर राजा ज्ञानेन्द्र गिरिजाप्रसाद कोईराला संग आक्रोसित भए र राजीनामा माग गरे । गिरिजाप्रसादको राजीनामा पछि २०५८ साउन ७ मा देउवा प्रधानमन्त्री बनेका थिए ।
तेस्रो पटक प्रधानमन्त्री ः
२०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । यनी माथि चुनाव गराउने जिम्मेवारी थियो । नेकपा एमाले त्यतिबेला प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सामेल थियो तर देशमा भईरहेको द्धन्द्धका कारण चुनाव हुनु सकेन र राजा ज्ञानेन्द्रले देवालाई असक्षम भन्दै १९ माघ २०६१ मा बर्खास्त गरे ।
चौथो पटक प्रधान्मन्त्री ः
२०७४ जेठ २४मा देउवा प्रधानमन्त्री निर्वाचित भए । देउवाको उम्मेदवारी लाई राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल , नेपाल लोकतान्त्रिक फोरम ,संघिय समाजवादी फोरम नेपाल र अन्य दल संगको सर्मथन गरेका थिए भने सबै भनदा ठुलो सत्ता नेपाल कम्युनिष्ट पार्टि (माओवादि केन्द्र ) थियो ।
पाचौ पटक प्रधानमन्त्रीः
वि.सं.२०७८ जेठ ७ मा मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटन सिफरिस गरियो । १४८ सासंदले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारि गरियोस भनेर सर्वोच्च अदालतमा रिटद दायर गरे । जेठ २८ मा संविधानको धारा ७६ को उपधारा ५ बममेजिम प्रधानमन्त्रीका लागि आवहान भएपछि १४८ संसदलको हस्ताक्षर सहित दाबी गरेको आधारमा देयवा लाई प्रधानमन्त्रीमा नियुक्त गर्न अदालतले परमादेस जारी गरेको थियो ।२०७८असार २९ गते साझ ५ बजे भित्र देउवालाई नियुक्त गरिसक्नु राष्टपति कार्यालयका नाममा जारि गरेको थियो ।



देउवा गृह जिल्ला देउवालाई साना बालक देखि बृद्धले देउवा दाई भनेर नै पुकार गर्ने बानी बसिसकेको देख्न सकिन्छ ।देउवा उसो त गृह जिल्लामा आगमन कमै गरेका हुन्छन् अर्थात चुनावमा मात्र आउने गरेको डडेलधुरेली जनताको बुझाई छ । देउवा गृह जिल्लामा के के छन् त समस्या
पाच मुख्य समस्या क्रमश पढौंः
१) सदरमुकामको सडकको बेहाल हुनु ः
गृह जिल्ला डडेल्धुरा सुदुरका सात जिल्लाको केन्द्र रहेको जिल्ला हो । जिल्ला सदरमुकाम मै छैन गतिलो सडक ःडडेल्धुराको सदरमुकाममा रहेको भिमदत्त रार्जमार्गको बागबजार देखि कृर्तिपुर सम्मको सडक खण्ड ट्राफिक प्रहरिको टाउको दुखाईको मात्र हैन आम र्सवसाधारण जनताको टाउको दुखाई बनेको छ । साघुरो सडकमा पसल अगाडि छाप्रा थाप्ने,अव्यवस्थित पार्किंगले गर्दा दैनिक जाम लाग्ने गर्दछ भने त्यहि साघुरो सडकमा दैनिक आन्दोन तथा कार्यक्रम हुने गर्दछन् ।
यो हेरौ दैनिक घण्टौ जाम हुने डडेल्धुरा सदरमुकामको सडक ः
२) छैन् व्यवस्थित बसर्पाक ः
डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको डडेल्धुराको बसपार्कको अवस्था दैनिक नाजुक हुने गरेको छ । दैनिक डडेलधुरामा बढिरहेको गाडिको चाप संगै बसपार्कको सिट क्षमता भने उहि पुरानो रहेको छ । सानो स्थानमा बनाईएको त्यो बसपार्कको अहिले सम्म पनि स्तरोयन्नती हुन सकेको छैन् ।
३) सुचारु छैन टुडिखेल ः
डडेलधुरा सदरमुकाममा नजिकै रहेको टुडिखेल हाल बन्द अवस्थामा रहेको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त टुडिखेल हाल बन्द अवस्थामा रहेको छ । टुडिखेलमा रहेको चर्पि भने खानेपानी समिती मार्फत निमार्ण गरिएको थियो जस चर्पिको हाल बेहाल बनेको छ । यस्तै टुडिखेलमा न त घेरवार छ न त पिउने पानीको धारो नै ।
४) जिल्ला स्तरको खेल मैदान नहुनः
डडेल्धुरा जिल्ला सरदरमुकाममा जिल्ला स्तरिय खेलकुद विगतका दिनमा टुडिखेलमा हुने गरेका छन् । हाल पनि डडेल्धुरामा जिल्ला स्तरिय खेलकुद खेलाउनुका लागि गतिलो व्ययस्थित खेलमैदान भने छैन् । उसो त स्थानिय सरकार गठन भएपछि वडै पिच्छै खेलमैदान निर्माण भएका छन् । जिल्ला स्तरिय प्रतियोगिताका लागि भने अझै खेलमैदान अभाव छ ।
५) बषपार्कमा प्रतिक्षालय नहुनुः
डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको बशपार्कमा सानो स्थानमा रहेको छ । यात्रुहरु भने घाम होस या पानी होस सबै सहनुका लागी होलट जानु पर्ने बाध्यता रहेको छ ।
देउवा ५औं पटक प्रधानमन्त्री बनेपछि डडेल्धुराका जनताले यी समस्याको समाधान हुने अपेक्षा राखेका छन् ।
हेरौं समस्या भएका स्थानका तस्वीरहरु ः

























