डडेल्धुरा -भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले डडेल्धुरा अस्पतालका विरामीलाई फलफूल वितरण गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष रोकाले आफ्नो जन्म दिनको अवसरमा शनिवार डडेल्धुरा अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेका हुन् ।



कोरोना भाईरसको संक्रमणका कारण विरामी रहेको वेडमै जान नसक्दा डडेल्धुरा अस्पतालका निमित्त मेसु जगदिश चन्द्र विष्टहलाई फलफूल हस्तान्तरण गरिएको थियो ।फलफूल हस्तान्तरण गर्दै प्रमुख प्रशासकिय अधिकृत रोकाले जन्म दिनको अवसरमा विरामीलाई फलफूल दिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
Views: 158

























