धन बहादुर भण्डारी (डडेल्धुरा) – नेपाली कांग्रेस डडेल्धुराको सभापतीमा भीम बहादुर साउदले उमेदवारी घोषणा गरेका छन । पार्टीको
सातौ अधिबेशनमा सभापतीको उमेदवारी रहेको साउदले घोषणा गरेका हुन । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं परशुराम नगर प्रमुख साउदले कांग्रेसको १४औँ महाधिबेशसनमा पार्टी सभापती एवं प्रधानमन्त्रि शेरबहादुर देउवालाई सघाउन र जिल्लाम रहेको पार्टीको गुटलाई एकताका लागी सभापतीमा आफ्नो उमेदवारी घोषणा गरेको बताए ।



शुक्रबार जिल्ला सदरमुकाम बागबजारमा नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता साउदले पार्टी एकता, सुदृढिकरण संगै बलियो बनाउन आफ्नो उमेदवारी रहेको बताए । पूर्व सभापती रघुवर भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं कांग्रेस प्रमुख सचेतक गोविन्दराज बोहरा, जिल्ला कार्य समिती सचिव द्धय लक्ष्मि अवस्थी र हेमराज चटौत लगाएका अन्य जिल्ला स्थरिय नेता कार्यकर्ता माझ साउदले जिल्ला सभापतीमा उमेदवारी घोषणा गरेका हुन ।
अग्रज नेताहरुको साथ सहयोग र समर्थनमा आफुले उमेदवारी घोषणा गरेको साउदले बताए । घोषणा संगै नेता साउद लगायतका नेता अमरगढी नगरपालिकाका वडाहरुमा कार्यकर्ता भेटघाटमा जुटेका छन ।
सभापती एवं प्रधानमन्त्रि देउवाले गृह जिल्लामा सबै कांग्रेसको सहमतीमा अधिबेशन सम्पन्न गराई नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन । साउदले भने, गुट उपगुट रहेको कांग्रेसलाई एक ढिक्का बनाउने प्रयासमा हामि सबै लागेका छौ । विश्वास छ सबैको सहमतीमा सभापती चयन गरिने छ । यदी सहमती नहुने अवस्था आए स्वच्छ प्रतिशपर्धा बाट चुनाव लड्ने उनले बताए । पत्रकार सम्मेलनमा उपस्थित पूर्व सभापती भट्ट र नेता बोहराले सहमतीको प्रयास जारी रहेको औल्याउदै सहमती हुन नसके स्वच्छ प्रतिशपर्धा बाट निर्वाचनमा होमिने बताए ।
कांग्रेस डडेल्धुरा वर्तमान सभापती कर्णबहादुर मल्ल र पूर्व सभापती रघुवर भट्टको गुट रहेको डडेल्धुरामा एकताको अभ्यास जारी रहेको बताईए पनि प्रष्ट रुपमा आ आफ्नो पक्षधरका नेता कार्यकर्ता भेटघाटमा उमेदवारहरु व्यस्त रहेका छन । साउदले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन र कार्यकर्ता भेटघाट गरिरहदा डडेल्धुरा पार्टी उपसभापती एवं कार्यवहाक सभापती साउदको नगर परशुराममा कार्यकर्ता भेटघाटमा व्यवस्त छन । उपसभापती भट्टले यस अघि नै डडेल्धुराको सभापतीमा उमेदवारी घोषणा गरिसकेका थिए ।

























