धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोध प्रदर्शन भएको छ।



नेकपा एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिइएको परमादेशविरुद्ध प्रदर्शन गरेको हो।
एमाले समर्थित संगठनका कार्यकर्ताले सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रदर्शन गरेका छन्। उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै उनको पुतलासमेत दहन गरेका छन्।
Views: 177

























