२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको आतंक

कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतंक मच्चाएको छ। बिहिबार राति आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर–टहरा भत्काइदिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाउँपालिका– ६ देखतभुली चान्देवका तीन आरक्षपीडित बस्ने टहरा भत्काएको हो ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले निकुञ्जबाट आएको हात्तीको बथानले पीडितका घर भत्काउनुका साथै अन्नबाली नष्ट गरिदिएकोे बताए । उनका अनुसार हर्कबहादुर शाह, गणपति शर्मा र दिलेदत्त भट्टको घर भत्काइदिएको छ । हात्तीले घर भत्काएपछि वर्षातका वेला पीडित तीनै परिवारको बिचल्ली भएको छ । उनीहरू आफन्तको घरमा बस्न बाध्य भएका छन्।

घर मर्मतका लागि काठ अभाव र स्तरीय घर निर्माणका लागि पैसा नहुँदा पीडित परिवारको बिचल्ली भएको हो । हात्ती आएको थाहा पाएर घरमा रहेका मानिस भागेकाले बच्न सफल भएको अध्यक्ष भण्डारीले बताए । जंगली हात्तीको बथानले हरेक वर्ष पीडित बस्तीमा ताण्डव मच्चाउँदै आएको छ । ०५८ सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितको अझैसम्म पनि पुनर्स्थापना नहुँदा उनीहरू बिचल्लीमा परेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।