२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

पेट्रोलियम पदार्थमा भएको कालोबजारी तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन

डडेलधुरा । बोलन्या थली डडेलधुरा युनिटले जिल्ला प्रशासन कार्यालय डडेलधुरा अगाडि विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा भएको कालोबजारी तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको बोलन्या थली डडेलधुराका प्रमुख तथा खबरदारी न्युजका सम्पादक दीपक राज भट्टले बताए ।

उनका अनुसार यहाँका पेट्रोल पम्पमा पेट्रोल नमिल्ने तर बजारमा जति पनि मिल्ने गरेको जनाएको छ । यसरी पम्पमा पेट्रोल नपाउँदा बजारमा कालोबजारी हुने गरेको छ । जसका कारण आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।

पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोके भन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ । डडेल्धुरा बजारमा वीर बेताल र उग्रतारा आयल गरी दुई ओटा पेट्रोल पम्प रहेका छन् ।

तर यी दुवै पम्पले जनतालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएको समेत आरोप लागेको छ । यस्तो महामारीमा पनि यहाँका पेट्रोल पम्पले कालोबजारी गर्दा समेत स्थानीय प्रशासन मौन बसेको भन्दै थलीले प्रदर्शन गरेको हो ।

‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाइसेन्स छोड’ भन्दै बोलन्या थली डडेल्धुरा युनिटले स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको हो । यदि फेरि पनि पेट्रोलमा कालोबजारी र कृत्रिम अभाव रहिरहे थप सङ्घर्ष गर्ने डडेल्धुरा युनिटका प्रमुख भट्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।