२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ

धनगढी,१४ असार । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश साकी रहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

उनका अनुसार पक्राउ परेका घताने सुन व्यवसायीसमेत हुन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुसँग सुन खरिद गरेको बिल फेला नपरेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।