२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

सार्वजनिक सवारी पनि जोरबिजोरमै चल्ने

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न प्रशासन कार्यालयहरू एकमत भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठक उक्त निष्कर्षमा पुगेको हो ।

तर अन्य के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा अझै निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यातायात व्यवसायीले भने यसबारे असुन्तष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीमार्फत गाडी चलाउँदा यात्रुको चाप बढेर कोरोना संक्रमण झन् फैलिए त्यसको जिम्मेवार आफूहरू नहुने बताए । सबैखाले गाडी चल्न दिएर भीडभाड कम गर्नुपर्ने उनको सुझाव छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।