२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

कोरोना माहामारी बीच जम्मु काश्मीरमा जेष्ठ अष्टमी मनाईयो

कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् ।जम्मु काश्मीरस्थित काश्मीरी पण्डीत समुदायले माता खिर भवानी मन्दीरमा जेष्ठ अष्ठमी मानाएका हुन् । यधपी, कोरोना माहामारीको समयमा २५ जना सम्म मात्र भेला हुन पाउने व्याबस्थाले गर्दा मन्दिरमा थोरै संख्यामा मानिसहरुले प्रार्थना गरेका छन् । मन्दिरमा कोरोना

माहामारीको अन्त्यको प्रार्थना गरेको एक पण्डीतले बताए । काश्मीरी पण्डीतहरुका लागि ठुलो पर्व रहेको जेष्ठ अष्टमीको अवसरमा माता खिर भवानीको मन्दिरमा लाखौँ पण्डीत तथा भक्तजनहरु आउने गर्दछन् । स्रोत सिफि एक सय पाच बर्षका वृद्धले जिते कोरोना भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल (जिएमसीएच) बाट

डिस्चार्ज भएका हुन । जिएमसीएचले ट्वीट गर्दै भनेको छ, “१०५ वर्षका समेद अली, धुब्रीबाट असिना, कोभिडलाई हराएर आज सुपरस्पेशलिटी कोभिड अस्पताल जीएमसीएचबाट डिस्चार्ज गरिएको छ । जीएमसीएचका एक जना डाक्टरले अलीलाई यो महिनाको सुरुमा अस्पतालमा भर्ना गरिएको र यस रोगलाई सफलतापूर्वक हराएको बताए । जीएमसीएचका सुपरिटेन्डेन्ट र अलीको

उपचारमा सग्लन अन्य डाक्टरहरू बिरामीको बारेमा अन्य विवरणहरू फोनमा उपलब्ध गराएन्न । यसैबीच, त्याहाका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ । आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरुलाई त्यहाका जिल्लाहरुमा खोप दर वृद्धिलाइ सुनिश्चित गर्न आग्रह गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।