बाजुरा- बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर नेपाली सेनाका कर्मचारीको मृत्यु भएको छ . जिल्लाको जगन्नाथ गाउँपालिका – ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसको ढुङ्गा लागेर ३८ वर्षिय दिल बहादुर भण्डारीको मृत्यु भएको हो ।



कर्णाली करीडोरमा काम गर्ने नेपाली सेनाका प्युठ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भण्डारी बाजुराकै हिमाली गाउँपालिका – ४ का रहेका बुझिन आएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु बारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको र थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
Views: 419

























