दिपकराज भट्ट (डडेल्धुरा)- डडेल्धुराकाे परशुराम नगरपालिकामा ५ गते शनिवारका् दिन दिउसो११ बजे हट्वानी सामुदायिक वनमा शव फेला परेकाे थियाे । फेला परेकाे शव भने स्वास्थकर्मि अस्मिता धामीकाे रहेकाे थियाे । अस्मिता २७ बर्ष उमेरकि स्वास्थकर्मि थिईन् । उनी जम्र्यानी अाधारभुत स्वास्थ केन्द्रमा कार्यरत रहेकाे छ जाेगबुढा सदरमुकाम अाउदा उनकाे बाटाेमै शंकात्मक मृत्युु भएकाे स्थानीयकाे बुझाई छ ।



घटना बारेमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक राजेन्द्र चन्द भन्छन् –
शव हिजाे दिउसाे ११ वजे फेला परेकाे थियाे शव लाई पाेष्टमार्टम रिपोर्टका लागि जाेगबुढा अस्पताल लगिएकाे छ , पाेस्टमार्टम रिपोर्ट अाउनु कानुनतह३/४ दिन लाग्छ। घटना बारेमा बुझ्दा मुखमा चाेटपटक लागेकाे जस्ताे छ तर शव ढिलाे फेला परेकाले प्रस्ट बुझ्नु सकिएकाे छैन ,अनुसन्धान जारि रहेकाे छ ।

























