२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

उदक साहित्य यात्रा उदक संवाद समूह

उदक अभ्यास : भाग ३
लेख्नुपर्ने उदक सङ्ख्या : १
विषय : विश्व बालश्रम विरुद्ध दिवस
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०२-२९ शनिवार
सहभागी सङ्ख्या : ३२ जना

प्रत्येक वर्ष १२ जुनमा ‘विश्व बालश्रम विरुद्ध दिवस’ मनाउने गरिछ । यस अवसरमा आज उदक यात्रीहरूलाई १/१ वटा उदक सिर्जना गर्न अनुरोध गरिएको थियो । सहभागी सम्पूर्ण उदक यात्रीहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

‘विश्व बालश्रम विरुद्ध दिवस’ विशेष स्रष्टाका उदकहरू:-

बालश्रम
ठूलो अभिशाप
बालबालिकाको जीवन धराप !
वसन्त अनुभव, घोराही, दाङ


बालश्रम
नपाल्नु भ्रम
पढाऊ लेखाऊ हरदम !
दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौं


बालश्रम
डलरको खेती
बालबालिका सधैं बेथिति !
बलराज गिरी, कैलाली


परिस्थिति
आधारमा परिश्रम
नानाबाला कठिन रमाउनु !
चक्र आले मगर, कैलाली


बालश्रम
धनाढ्य सोख
बाध्यता गरिबी भोक !
सरस्वती श्रेष्ठ, रूपन्देही


विश्वमा
किन बालबालिका
कठिन असहज जीवन ?
चन्द्र उपाध्याय, कैलाली


बालश्रम
नगराऔँ नगरौँ
गर्नेलाई ठिक पारौं
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे


बालबालिका
हाम्रा सपना
सुन्दर विश्व निर्माता !
हीराचन्द अधिकारी, कैलाली


कोपिला
बाल बालिका
चेतना फुल्न दिऊँ !
रामचन्द्र ढकाल, चितवन

१०
कोपिलाहरू
मगमगाउँदो जीवन
बालापनमै श्रम शोषण !
मनोज थापा, कैलाली

११
बालश्रम
अपराध जघन्य
अपराधीलाई हुदैँन क्षम्य !
राम न्यौपाने, कैलाली

१२
बालक
हाँस्न दिऊँ
खुलेर बाँच्न दिऊँ !
चन्द्रावती अधिकारी, कोहलपुर

१३
बालदिवस
बाल अधिकार
जन्मदाता उनका आकार !
टीकाराम पुनमगर, सल्यान

१४
लर्कन
कखरा पर्हाउ
समाजमे आघे बर्हाउ !
सागर कुस्मी, कैलाली

१५
बालदिवस
बालबालिकालाई माया
आमाबाबाको शीतल छाया !
साहित्य सहयात्री, रुपन्देही

१६
बालक
बाल अधिकार
भाषणमा मात्र सीमित
निर्मलरमण पराजुली, सामाखुशी, काठमाडौं

१७
जागरण
बालश्रम विरूद्ध
बालबालिकाको हितमा एकजुट !
अग्नि सुनुवार, सिन्धुली

१८

बालक बबुरो
खलासी देश चालक !
छवि सापकोटा, कैलाली

१९
बालबालिका
आजका कोपिला
फक्रने फूल भोलिका !
मङ्गला उपाध्याय, कलैया

२०
दिवस
बालबालिकाको सडकमा
रमिता रमाइलो संसदमा !
सोमनाथ लुइटेल ‘रवि’, पाल्पा

२१
बालश्रम
गराउन हुँदैन
किन मनमा छुदैन ?
लक्ष्मी बस्याल, बर्दिया

२२
गरिबी
अधिकारका कुरा
बालकका सपना अधुरा !
तेजप्रसाद खनाल, दाङ

२३
बालश्रम
बढेको दिनदिनै
भाषण हात्तीका दाँत !
बुद्धिप्रसाद लामिछाने, कैलाली

२४
बालअधिकार
शोषण दुर्व्यवहार
बालश्रम विरुद्धको दिवस !
नारायणप्रसाद उपाध्याय, कैलाली

२५
बालक
अधिकार माग्दै
विधानका धारा फलाक्दै !
बालकृष्ण खनाल, टीकापुर

२६
उज्यालो
सामुहिक एकता
बालश्रम अन्त्यको विकल्प !
आर्त अकुलीन, कैलाली

२७
बालश्रम
सुनिश्चित व्यवहार
उनैको नैसर्गिक अधिकार !
दीपक गौतम, कैलाली

२८
श्रम
कोपिला मन
बाल अधिकार उल्लङ्घन !
सुरेशचन्द्र घिमिरे, लमजुङ

२९
डल्ले
देख्दै हुरूक्कै
पेटले नसहे खुत्रुक्कै !
अगस्टीन राई, पूर्व सिक्किम, भारत

३०
बालक
भोलिका कर्णधार
देश विकाशका आधार !
मधुसुदन प्रसाद घिमिरे, काठमाडौं

३१
दिवस
निरर्थक बालबालिकाका
पेट नहोस् भोको !
ज्योति भट्टचन, पोखरा

३२
श्रम
उद्योगको पर्याय
उन्नत जीवन स्तुत्य !
कमला देवकोटा, पाल्पा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।