२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

डडेल्धुरा  – अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक भासिँदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले बताएको छ ।

जिल्लाका, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडाल सडक खाल्टा–खुल्टी र हिलाम्मे भएको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक भासिएका छन् । यस्तै गन्यापधुरा–२ को कोर गाउँ जोड्ने जिरोपोइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।