२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

सरकारी कार्यालयहरू खोल्ने तयारी

कोरोना संक्रमण घट्दै गएपछि सरकारी कार्यालयहरू पनि सञ्चालनको तयारी थालिएको छ । सम्भवतः अर्को सातादेखि केही सरकारी कार्यालयले सेवा दिने गरी सञ्चालन हुनेछन् ।

उपत्यकामा ७ असार रातिसम्म निषेधाज्ञा लम्बाइएको छ, त्यतिवेलासम्म संक्रमणदर थप घटेमा अन्य क्षेत्रमा खुलाउने जिल्ला प्रशासन कार्यालयको तयारी छ । अहिलेको ‘ट्रेन्ड’अनुसार संक्रमण घट्ने देखिएकाले सरकारी कार्यालयहरू सञ्चालन गर्न आन्तरिक तयारी थालिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मालपोत कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । जसअनुसार कतिपय जिल्लाहरूमा मालपोत कार्यालय खुलिसकेका छन् ।

‘प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेरे सेवा प्रवाहबाट निर्णय लिन हामीले प्रस्ट निर्देशन दिएका छौँ,’ विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘अहिले पनि मालपोत कार्यालयमा आन्तरिक काम गरिरहेका छौँ, अब परिस्थिति हेरेर निर्णय गर्छौं ।’

मन्त्रालयहरूमा पनि कर्मचारीको उपस्थिति बढ्दै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसम्मका कर्मचारीलाई अनिवार्य रूपमा र तल्लो तहकालाई आवश्यकताअनुसार कार्यालय आउन निर्देशन दिएको छ ।
‘बजेटका कार्यक्रम बनाउका लागि काम गर्नुपर्ने अवस्था छ,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘असार महिना आर्थिक वर्षको अन्तिम महिना भएकाले कामको फाइनल ट्युनिङ दिने, भुक्तानी दिने र राजस्व उठाउने महिनासमेत भएकाले अब कार्यालय खोल्ने तयारी भइरहेको छ ।’ नयाँ पत्रिकामा खबर छ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।