सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए ।



उनका अनुसार यो भन्दा थप मानवीय क्ष’तिको विवरण आएको छैन ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्ष’ति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् ।
सडकहरु पनि भत्किएकाले यातायात स’म्पर्क विच्छेद भएको छ ।२०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्ष’ति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद सं’कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
२०७२ सालको गोरखा भू’कम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर विपद् प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले बर्सेनि ठूलो क्ष’ति भोग्दै आएका छन्


















