डडेलधुरा- डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका केही युवाले बाटोमा धान रोपेर लाक्षणिक विरोध जनाएका छन्।
पटक पटक स्थानीय सरकारलाई बाटो बनाउन पहल पहल गरे पनी वास्ता नगर्दा स्थानिय सरकार दबाब दिन केही युवाले बाटोमा धान रोपेका हुन् ।



२०-२५ घर धुरी रहेको बस्तीमा पानीको समस्या त छँदैछ तर बर्खायाम लाग्ने बित्तिकै पानीले बाटो हिँड्नै नसकिने हुन्छ मालमका सामाजिक अभियन्ता सुरत तमोलिले बताए ।
सोझो औंलाले घिउ निस्किँदैन भने झैं हामीले सरकार सँग अहिलेसम्म राम्रोसँग भनेका छौं तर अब पनि यस्तै लापरबाही भएमा हामीलाई राम्रोसँग थाहा छ जनप्रतिनिधीलाई कसरी लखेट्छौं हामी अर्को चुनावको प्रतिक्षामा छौं अर्का अभियान्ता अमर तमोलि भने, ।
Views: 226


















