२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

प्रचण्डसंग बुहारी बीना मगरले मागिन सुदूरपश्चिम प्रदेश अध्यक्ष

नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी माग गरेकी छन् । आफु प्रदेश नेतृत्वका लागि तयार भएको भन्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग प्रदेश अध्यक्षको जिम्मे्वारी माग गरेकी हुन् ।

सुदूरपश्चिममा नौ वटा जिल्ला रहेका छन् । तीमध्ये २ जिल्ला तराई भुभागमा छन् भने बाँकी ७ जिल्ला पहाडी छन् ।

नेपालको राजनीतिक आन्दोलनमा सुदूरपश्चिमका तराई र पहाडी जिल्लाको सक्रिय सहभागिता रहँदै आएको छ । माओवादी आन्दोलनमा समेत सुदुरपश्चिममा अस्वभाविक ढंगले माओवादी आन्दोलनको विकास भएको थियो । २०५१/०५२ तिर औंलामा गन्न सकिने आधा दर्जन जति नेता कार्यकर्ता भएको सुदूरपश्चिममा ६० दशकमा दशौं हजार माओवादी बनेका थिए ।

तर यिनै माओवादीहरुको भीडमा एकजना महिला बिना मगर उदाईन । मन्त्री पनि बनिन । कुनै बेला कलाकार संघठनमा काम गर्ने उनी महिला भैरवनाथ गणमा यातना सहन पुगिन । त्यही यातना सहेको कुरा उनका लागि इतिहासको खास योगदान बन्न पुग्यो ।

त्यसमाथि उनले माओवादी अध्यक्ष प्रचण्डकै छोरासँग बिहे गरिन । प्रकाश दाहालको अस्वभाविक र दुखद निधन भयो ।

त्यसपछिको पछिल्लो आम निर्वाचनमा सुदूरपश्चिमबाट अत्यधिक मतले जितिन । त्यसपछि मन्त्री बन्न सफल भइन् ।

अहिले मन्त्रीपद फुस्किएपछि उनी सुदूरपचिमको नेतृत्वमा दाबी गरिरहेकी छिन् ।

जनदिशाबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।