२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

पिसावको थैली बोकर बाँचिरहेका कमले धामीको माया मेट्रो अस्पतालले निशुल्क शल्यक्रिया गर्ने

धनगढी । आर्थिक अभावका कारण चार वर्षदेखि प्रोटेस्टको अप्रेसन गर्न नसकेर भौतारिरहेका बैतडी सिगास गाउँपालिका- १ माणैका कमले धामीको धनगढीस्थित माया मेट्रो अस्पतालले निशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

आर्थिक अभावमा जिन्दगीका ६ दशक एउटा भोटो र कछाडमा बिताएका बैतडी सिगास गाउँपालिका- १ माणैका कमले धामी प्रोटेस्टको समस्या (पिसाव थैलीमा मासु पलाएका) का कारण चार वर्षदेखि पाईपद्धारा पिसाव निकालेर शरीरमा प्लाष्टिकको थैलो बोकेर बाँचिरहेका छन्। 

चार वर्षअघि पिसाव बन्द भएपछि डडेल्धुरा अस्पताल पुगेका धामीलाई चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका थिए । त्यहाँ अप्रेसन संभव थिएन । नेपालगञ्ज वा अन्यत्र उपचारका लागि जान उनीसंग पैसा थिएन । जिन्दगीमा दोस्रो जोर लुगा किन्न नसकेका धामीका लागि प्रोटेष्टको अप्र्रेसनका लागि पैसा जुटाउनु असंभव थियो ।

चिकित्सकले पाईपद्धारा पिसाव प्लाष्टिकसम्म आउने व्यवस्था गरिदिए । त्यसयता उनी जिउमा प्लाष्टिकको थैली बोकेर बाँचिरहेका छन् । 

बैतडीका पत्रकार गोकर्ण दयालले धामीका बारेमा समाचार बाहिर ल्याउनुका साथै उनको उपचारका लागि सहयोग जुटाईदिन ह्युमानिटी फाउण्डेसन नेपालसंग आग्रह गरे ।

ह्युमानिटी फाउण्डेसन नेपालले धामीको उपचारका लागि गरेको आग्रह सहर्ष स्वीकार गर्दै माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले अस्पतालले निशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता जनाएका हुन् ।

चिकित्सकहरुले समेत धामीको शल्यक्रिया निशुल्क गरिदिने प्रतिबद्धता गरेका छन् । बरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा. नरेशमान श्रेष्ठ, बरिष्ठ  ल्याप्रोस्कोपी तथा जनरल सर्जन डा. बिनय तिमिल्सिना, एनेस्थेसियोलोजिस्ट डा.मोहोन भट्टराई लगायतको टिमले शल्यक्रिया गर्ने छ ।

शल्यक्रिया बाहेकको बाँकी खर्च माया मेट्रो अस्पतालले व्यहोर्ने अध्यक्ष साउँदले बताए । अध्यक्ष साउँदले लकडाउन खुलेपछि धामीको शल्यक्रिया गर्ने बताएका छन् ।

यसअघि पनि माया मेट्रो अस्पतालले थुप्रै असहाय,बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क अप्रेसन तथा उपचार गरिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।